नेपालको अन्तरिम संबिधान २०७२ को प्रावधानले उल्लेख गरेअनुसार नेपाल एक धर्मनिरपेक्ष, समाबेशी, बहुजातीय र संघिय राष्ट्र हो l संघिय प्रक्रिया अनुरुप नेपाललाई ७ वटा प्रदेश तथा ७५३ वटा स्थानीय तहमा विभाजन गरिएको छ l संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको ७ वटा प्रदेश अन्तर्गत बागमती प्रदेशको १३ जिल्ला मध्ये ललितपुर जिल्ला काठमाडौँ उपत्यकाका तीन जिल्लाहरुमध्ये दक्षिणी भेगमा अवस्थित छ l ललितपुर जिल्ला भौगोलिक, जातीय, सांस्कृतिक, धार्मिक लगायत विभिन्न दृष्टिकोणले बिभिधतायुक्त जिल्ला हो l यस जिल्लामा काठमाडौँ उपत्यका भित्र पर्ने सहरी क्षेत्र ललितपुर महानगरपालिका, सदरमुकाम देखि २० कोष भन्दा टाढा रहेका कच्ची सडकले मात्र छोएको आश्रंङ्, गिम्दी, ठुलादुर्लुंग जस्ता बिकासको पहुँच कम भएका स्थानीय तहहरु छन् l २०७८ साल को जनगणना अनुसार ललितपुर जिल्लाको कुल जनसंख्या ५,४८,४०१ जना रहेको छ भने कुल जनसंख्याको ५०.२% पुरुष छन् l धार्मिक, सांस्कृतिक तथा इतिहास बोकेको ललितपुर जिल्ला ३६.१२ वर्ग कि. मि मा फैलिएको छ l ललितपुर जिल्ला विभिन्न जातजाति एवम भाषाभाषी हिसाबले बाहुन, क्षेत्रि, नेवार, तामांग लगायतका विभिन्न जातजाती र तिनीहरुको भाषाहरु सुसज्जित विभिन्न फूलहरुको समिश्रण भएको फुलबारी जस्तै सुन्दर छ l
स्वास्थ्य प्रणालीलाई शुद्दृढ गर्न संघिय संरचनाको ढाँचा अनुसार हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रमा, सामाजिक विकास मन्त्रालयले प्रदेश स्तरमा र स्वास्थ्य शाखाले स्थानीय तहमा कार्यको भूमिका निर्वाह गरिरहेको छ l सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य निर्देशनालय मातहतमा स्वास्थ्य कार्यालयले स्थानीय संस्थाहरुलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सहजीकरण गरिरहेको छ l स्वास्थ्य कार्यालय ललितपुरले जिल्लाको स्वास्थ्य स्तरलाई माथि उठाउनको लागि गरेको विभिन्न कार्यक्रमको परिचय गराउने एवं विभिन्न सूचना, सम्पर्क न. लगायतका केहि जानकारी सहित आवश्यक सूचना प्रकाशन छिटो छरितो बनाई सूचना प्रवाह सजिलो बनाउने उद्देश्यले यस वेबसाईटको निर्माण गरिएको छ l .